सर्वोच्चबाट कनकमणि दीक्षितले पाए सफाइ


काठमाडौँ – हिमाल मिडिया प्रालिका अध्यक्ष तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।

सर्वोच्चले दीक्षितलगायत परिवारका अन्य सदस्यविरुद्ध राजस्व र भूमि सुधार कार्यालयले अघि बढाएका काम कारबाही बदर गर्दै दीक्षितको पक्षमा रिट जारी गरेको हो । न्यायाधीश कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले माग दाबी नपुग्ने भन्दै रिट जारी गरेको हो ।

उनीहरूले अख्तियारलाई समेत विपक्षी बनाएर रिट दर्ता गरेका थिए । २०७३ सालमा अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको निर्देशनमा राजस्व अनुसन्धान विभागले दीक्षित परिवारमाथि अनुसन्धान अघि बढाएको थियो। त्यसविरूद्ध दीक्षित सर्वोच्चमा रिट लिएर पुगेका थिए ।

कार्कीकै निर्देशनमा भूमिसुधारले पनि कनकमणी र शान्ता दीक्षित परिवारको नाममा हदबन्दीभन्दा बढी रहेको ठहर गर्दै उनीहरूको नामको १८ रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउने निर्णय गरेको थियो ।

प्रतिक्रिया