गृहमन्त्रीको विरोधमा राँके जुलुस
काठमाडौं – नेपाल तरुण दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै राँके जुलुससहित प्रदर्शन गरेको छ ।
बिहीबार साँझ तरुण दलले कोटेश्वरमा प्रदर्शन गरेको हो ।
तरुण दल अध्यक्ष विद्वान गुरुङद्वारा मसाल बाली राके जुलुसको सुरुवात गरिएको थियो ।
प्रदर्शनमा गृहमन्त्री र सरकारविरुद्ध विभिन्न नाराबाजी समेत गरिएको थियो ।