

बिहेको एक सातामै पतिविरुद्ध बलात्कार मुद्दा, घटना नेपालकै

काठमाडौं- काठमाडौंमा एक नवविवाहित महिलाले पतिविरुद्ध बलात्कार मुद्दा हालेकी छिन् । आफ्नो सहमति बिना शारीरिक सम्पर्क राखेको भन्दै बिहेको एक सातामै उनले काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दा हालेकी हुन् ।
उनीहरूले वैशाख ७ गते बत्तिसपुतलीस्थित एक रेस्टुरेन्टमा बिहे गरेका थिए । १० वर्षदेखि जापानमा बस्दै आएकी ती युवतीले नेपाल आएर प्रेमीसँग दोस्रो बिहे गरेकी थिइन् । जापानमै रहेका श्रीमानसँग सम्बन्ध बिग्रिएपछि उनले दोस्रो विवाह गरेकी बताइएको छ ।
तर, युवकले भने दुलहीले सँगै सुत्न नदिएपछि सुनका गरगहना खाेस्दा पत्नीले आफूविरुद्ध बलात्कार मुद्दा हालेकाे दाबी गरेका छन् । दुलहीको दिदीले भने विवाहपछि दुलाहाले दाइजो र बिहे भोजको रकम मागेको आरोप लगाएकी छिन् ।

