चन्द्रागिरिमा अख्तियारको ‘स्टिङ अपरेशन’ : वडाध्यक्षको निर्देशनमा घुस लिने कडायत पक्राउ


काठमाडौं- काठमाडौंको चन्द्रागिरिबाट ४ लाख घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–२ बस्ने ध्रुव बहादुर कडायत छन् ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ का अध्यक्ष भाइ कृष्ण तामाङको निर्देशनमा कडायतले घुस रकम लिएको अनुसन्धानबाट खुलेकाे अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आरोपीले सेवाग्राहिबाट घुस लिइसकेको अवस्थामा २ लाख नगद र २ लाख रुपैयाँ बराबरको चेक बरामद गरिएको उनले बताए ।

उनीलाई चन्द्रागिरि नगरपालिका वडा नम्बर–१२ स्थित नगरपालिकाको कार्यालयको गेटबाट अख्तियारको टोलीले उनलाई पक्राउ गरेर थियाे ।

व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनाका लागि वडा अध्यक्षको निर्देशनमा बिचौलिया बनेर कडायले घुस लिएका हुन् । चेक पनि कडायतकै नाममा काटिएकाे छ ।

 

प्रतिक्रिया