चट्याङबाट ५ वर्षमा ३ सय ५३ जनाले गुमाए ज्यान


काठमाडौँ – चट्याङ एक प्राकृतिक विपत्ति हो । यसका कारण वर्षेनी ठूलो जनधनको साथै मानविय क्षति हुने गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङबाट पछिल्लो पाँच वर्ष (२०७६ वैशाख १ देखि २०८१ वैशाख ३०) मा तीन सय ५३ जनाले ज्यान गुमाएका छन् ।

चट्याङका कारण १ हजार ३ सय १ जना घाइते भएका छन् । ३ हजार ५ सय ९५ पशुचौपायाको मृत्यु भएको छ । ३९ वटा पूर्वाधारहरूमा क्षति पुर्याउँदा अनुमानित ५ करोडको क्षति भएको छ ।

चट्याङ विशेषज्ञका अनुसार चट्याङबाट घाइते हुने धेरैमा विभिन्न मानसिक र शारीरिक दीर्घरोग देखा पर्ने गर्दछ ।

 

 

प्रतिक्रिया