
मलेसियाले फेरि केही समय विदेशी कामदार नलिने
काठमाडाैं- मलेसिया सरकारले फेरि केही समय विदेशी कामदार नलिने भएको छ । मलेसियाका गृहमन्त्री दातुक सेरी साफुदिन नासुतिओन इस्माइलले विदेशी कामदार लिनको लागि आवेदन बन्द जारी हुने बताएका हुन् ।
उनले सोमबारको पत्रकार सम्मेलन गर्दै मलेसियाको १ करोड ७१ लाख जनशक्तिको १५ प्रतिसत ननाध्ने गरि विदेशी नामदारहरु ल्याउन बन्द गरिएको बताएका छन् ।
मलेसियाले कुल श्रमशक्तिको १५ प्रतिशत मात्रै विदेशी कामदार राख्ने नीति लिएको हो ।
विदेशी कामदारका लागि तोकिएको कोटा पूरा हुन लागेकाले थप कामदार नलिने नीति अघि सारेको मलेसियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
मलेसियाले २०२३ मार्चदेखि नै विदेशी कामदारको भर्नामा रोक लगाएको थियाे ।



कागजपत्र |
