उपत्यकाका फोहोर बोकेका गाडीमा स्थानीयको अवरोध
काठमाडौँ – काठमाडौँ महानगरपालिकासहित उपत्यकाका स्थानीय तहबाट फोहोर बोकेर बन्चरेडाँडा गएका सवारीसाधनमा स्थानीयले फेरि अवरोध गरेका छन् ।
बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका स्थानीयले आफ्ना मागहरू पूरा नभएको भन्दै आइतबारदेखि आन्दोलन गरेपछि फोहोर बोकेका सवारीसाधनहरू रोकिएका हुन् ।
महानगर स्रोतका अनुसार महानगरको मात्रै ६०-७० वटा फोहोर बोकेका सवारी साधन रोकिएका छन् । अन्य स्थानीय तहहरूको समेत गरी ३ सयभन्दा बढी गाडीहरू रोकिएका छन् । हिजोदेखि फोहोर जान नपाएपछि काठमाडौँका सडकमा पार्किङ गर्न परिरहेको छ बताइएको छ ।