

मोटरसाइकल दुर्घटनामा गाउँपालिकाका ओभरसियरको मृत्यु

विराटनगर – मोरङको ग्रामथानस्थित सडकमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सब इन्जिनियरको मृत्यु भएको छ ।
सुन्दरहरैँचाको हरैँचाबाट विराटनगरतर्फ आउँदै गरेको को १ ब १३८४ नम्बरको सरकारी मोटरसाइकल ग्रामथान गाउँपालिका–५ तेतरिया चोकमा आइतबार राति बजेतिर दुर्घटनामा परेको हो ।
ना ५ ख ७०७९ नम्बरको टिपरको पछाडिको भागमा मोटरसाइकल ठोक्किर दुर्घटना हुँदा चालक ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । खान ग्रामथान गाउँपालिकाका सब इन्जिनियर (ओभरसियर) हुन् ।
सप्तरी घर भएका उनी विराटनगर महानगरपालिका–१ मा डेरा बस्दै आएका थिए ।

