मानसरोवर यात्राले रसुवागढी नाकामा बढ्यो चहलपहल


रसुवा- चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा शुरु भएसँगै रसुवागढी नाकामा चहलपहल बढेको छ । कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाडौँबाट त्रिशुली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुका कारण चहलपहल बढेको हो ।

अध्यागमन कार्यालय रसुवागढीका प्रमुख मुरारी निरौराले पछिल्लो समय दैनिक औसत ४०यात्रु मानसरोवर जानका लागि नाकाबाट त्यसतर्फ प्रस्थान गर्ने गरेको जानकारी दिए । यो नाकाबाट मानसरोवर ९५० किलोमिटर टाढा छ ।

नेपालबाट मानसरोवर जानका लाग रसुवागढी र हुम्लाका हिल्सा नाका भए पनि काठमाडौंबाट नजिक भएकाले रसुवागढीमा बढी यात्रु आएको प्रमुख निरौराको भनाइ छ । उनका अनुसार पछिल्लो समय चिनिया नागरिक पनि दैनिक ५० को हाराहारीमा नाका हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् ।

प्रतिक्रिया