कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत


विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मागेका छन् ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनसहित अहिले प्रदेशसभा बैठक जारी छ । बैठकमा उनले विश्वासको मत मागेका हुन् ।

मुख्यमन्त्री कार्कीलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायतले समर्थन गरेका छन् ।

बैठकमा प्रतिपक्षी बेन्चमा राप्रपा मात्रै छ ।

प्रतिक्रिया