टीकापुर जग्गा प्रकरणः सीआईबीले थाल्यो कीर्तेमा अनुसन्धान


काठमाडौँ : टीकापुरको ३० बिघा सरकारी जग्गा अनियमितता प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कीर्तेतर्फ अनुसन्धान सुरु गरेको छ ।

टीकापुर क्षेत्रको विकास गर्न भनेर स्थापित टीकापुर नगर विकास समिति र पहुँचवालाको मिलेमतोमा उक्त क्षेत्रमा ठूलो मात्रामा सरकारी जग्गा हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।

अख्तियारको पत्राचारपछि ब्यूरोले कीर्तेतर्फ पनि अनुसन्धान थालेको हो । ‘अख्तियारको पत्राचारपछि कीर्तेतर्फ पनि अनुसन्धान थालेका हौँ । सरकारी कागज कीर्ते गरेर जग्गा हिनामिना गरिएको भन्ने छ । ब्यूरोबाट अनुसन्धान टोली तत्काल कैलाली पठाउँदै छा’ सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले भने ।

प्रतिक्रिया