

भरतपुरमा स्कुल बसमा आगो लगाइयो

चितवन- चितवनको भरतपुर महानगरपालिकामा एक बसमा अज्ञात समूहले आगजनी गरेको छ ।
दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरकाे बसमा आगो लगाइएकाे हाे ।
बसमा ६ जनाको समूहले आगजनी गरेर भागेको विद्यालयले जानकारी दिएकाे छ ।
बस पूर्ण रुपमा जलेकाे छ । बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोवाइलसमेत लुटेर लगेका छन् ।
आगो निभाउन र थप अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जनाएको छ ।

