पर्सामा मान्छे आक्रमण गर्ने बाघलाई स्थानीले मारिदिए


वीरगन्ज – पर्साको सखुवा प्रसौनी गाँउपालिका–१ औराहामा शनिबार मान्छेलाई आक्रमण गर्ने बाघलाई मारिएको छ ।

शनिबार स्थानीय ३६ वर्षीय भीमबली महतो थारु बाघको आक्रमणबाट गम्भीर घाइते भएका छन् । हाल उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । महतोलाई आक्रमण गर्ने बाघलाई स्थानीयले मारेको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार शनिबार अपरान्ह ५ बजेतिर महतो घरनजिकै मकैबारीमा गएका बेला बाघले आक्रमण गरेका थिए । मकैबारी नजिकै रहेको खोल्सामा पुगेका महतोलाई बाघले आक्रमण गर्दै घिसारेपछि अन्य मानिसले होहल्ला गरेपछि बाघले महतोलाई छाडेको थियो ।

र महतोलाई आक्रमण गरेको बाघलाई उनका गाँउका मानिसहरूले घेरा हालेर वञ्चरो, भाला र लठ्ठीले हानेर मारिदिएका थिए ।

 

प्रतिक्रिया