कामीरिता २९ औं पटक सगरमाथाको शिखरमा


काठमाडौंं – २९ औं पटक सगरमाथाको सफल आरोहण गर्दै कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोडेका छन् । शेर्पाले आज बिहान ७ः२५ बजे सगरमाथाको २९औँ पटक सफल आरोहण गरी यसअघि आफ्नो नाममा रहेको रकेर्ड तोडेका हुन् ।

सन् १९९२ बाट हिमाल आरोहण गर्न थालेका कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् ।

यसअघि कामीरिताले सन् २०२३ मा २८औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण  गरेको कीर्तिमान छ ।

प्रतिक्रिया