कर्णाली करिडोरमा बोलेरो जिप दुर्घटना, १२ जना घाइते


कालीकोट- कर्णाली करिडोरमा बोलेरो जिप दुर्घटना भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर–३ मानेगडाबाट पचालझरना गाउँपालिकाको घाटाचौरतर्फ जाँदै गरेको ग ३ च ६५०६ नम्बरको बोलेर जीप दुर्घटना भएको हो ।

बिहीबार राती ९ बजे १२ जना यात्रु लिएर घाटाचौर जाँदै गरेको बोलेरो पचालझरना गाउँपालिका वडा नम्बर–८ को सिजाबगरमा दुर्घटना भएको हो ।

रास्कोट नगरपालिका- ६ बस्ने वर्ष २२ का दिनेश फर्साल चालक रहेको बोेलेरो जीप दुर्घटना हुँदा चालक/सहचालकसहित १२ जना घाइते भएका हुन् ।

घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि कालीकोट जिल्ला अस्पताल मान्मले शुक्रबार बिहान सुर्खेत रेफर गरेको छ ।

जीप सडकबाट ५० मिटर तल भीरमा खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया