झनै महँगो बन्यो अष्ट्रेलियामा अध्ययन


काठमाडौं- अष्ट्रेलियाले विदेशी विद्यार्थीलाई भिसा प्राप्त गर्न आवश्यक पर्ने बचतको रकम बढाएको छ ।

यही शुक्रबार (१० मे) देखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भिसा प्राप्त गर्न कम्तिमा २९ हजार ७१० अष्ट्रेलियन डलर बचत गरेको प्रमाण देखाउनुपर्छ । विदेशी विद्यार्थीको अत्यधिक चाप घटाउन सार्वजनिक गरिएको आप्रवासन रणनीति कार्यान्वयन गर्ने क्रममा विद्यार्थीले जम्मा गर्नुपर्ने रकम बढाइएको हो ।

रोयटर्सका अनुसार अष्ट्रेलियाकी गृह मामिला मन्त्री क्लेयर ओनिलले ३४ शिक्षा प्रदायकहरूलाई गलत तरिकाले विद्यार्थी भर्ना गरेको चेतावनीसहित पत्र पठाइसकेको बताएकी छन्।  विद्यार्थी भर्नामा नक्कली काम गरेको पाइएमा उनीहरूलाई दुई वर्षसम्मको जेल सजाय र विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउन सकिने उनले चेतावनी दिएकी छन् ।

 

प्रतिक्रिया