सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक गर्ने सरकारको निर्णय


काठमाडौं – सरकारले जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जेठ १ गते दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिने जानकारी दिइन् । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन् ।

बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेशराज जोशी र भीम ढकाललाई बढुवा गर्ने निर्णय गरेको छ । बैठकले जोशी र ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया