मन्त्रिपरिषद्को बैठक सुरु, उपेन्द्र यादव अनुपस्थित !


काठमाडौंं — मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बैठक सुरु भएको हो ।

बैठकमा दैनिक प्रशासनिक कामकारबाहीबारे आवश्यक निर्णय हुनुका साथै शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा पनि आवश्यक छलफल हुने बुझिएको छ ।

यस्तै कांग्रेसले माग गर्दै आएको संसदीय छानबिन समिति लगायतका विषयमा बैठकमा छलफल हुनसक्ने एक मन्त्रीले बताए ।

मन्त्रीपरिषद बैठकमा उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव मन्त्रीपरिषद् बैठकमा अनुपस्थित भएका छन् । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेका समूहका वन तथा वातावरण मन्त्री नवकिशोर शाह भने उपस्थित छन् ।

प्रतिक्रिया