‘रिह्याब सेन्टर’ भित्रै सुनिलको मृत्यु : १७ जनाको नाममा किटानी जाहेरी


कैलाली- कैलालीको घोडाघोडी नगरपालिकामा रहेको सुधार केन्द्र(रिह्याब सेन्टर)मा सुनिल शाहीको मृत्यु भएको घटनामा परिवारले १७ जनाविरुद्ध जाहेरी दिएका छन् ।

घोडाघोडी नगरपालिका–२ का २३ वर्षीय शाहीको हत्या भएको भन्दै पीडित परिवारले १७ जनाविरुद्ध किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ साउँदले जानकारी दिए ।

जाहेरी परेका मध्य १६ जना प्रहरी नियन्त्रणमा रहेका छन् भने १ जना फ्रहार रहेको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले समितिका विभिन्न व्यक्तिहरूलाई सोधपुछ गरेको थियो । केहीलाई नियन्त्रणमा लिएर राखे पनि प्रहरीले सबैको नाम सार्वजनिक गरेको छैन ।

मङ्गलवार राति शाहीको सुधार केन्द्रमा मृत्यु भएको थियो ।

मृतकका बुवा धनराज शाहीले छाेराकाे हत्या गरेकाे भन्दै निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । उनले सुधार केन्द्रले विगत २५ दिनदेखि छाेरालाई भेटघाट गर्न नदिएकाे दाबी गर्दै कुटपिट गरेर छाेराकाे हत्या गरिएको बताए ।

लागुऔषध प्रयाेगकर्ता रहेका शाहीलाई परिवारले  गत पुसमा सुधार केन्द्रमा राखेका थिए ।

प्रतिक्रिया