अशोक राई नेतृत्वको जसपा दर्ता भएको संसद् सचिवालयलाई गरायो जानकारी


काठमाडौँ – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता भएको जानकारी संघीय संसद सचिवालयलाई पठाएको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालबाट विद्रोह गरी अशोककुमार राई नेतृत्वमा जनता समाजवादी पार्टी बनाउन आइतबार निर्वाचन आयोगमा निवेदन परेको थियो ।

आयोगले सोमबार सो दललाई दल दर्ताको प्रमाणपत्र दिएको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी दर्ता गरेको ब्यहोरा उल्लेख गरी सचिवालयलाई पत्र पठाएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया