राप्रपाका पूर्व केन्द्रीय सदस्य केसीको निधन


काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वकेन्द्रीय सदस्य बलबहादुर केसीको निधन भएको छ ।

बिहीबार अपराह्न उपचारको क्रममा केसीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएकाे हो ।

काठमाडौँको चावाहिल निवासी उनी झण्डै ६ महिनादेखि मुटुको समस्याबाट पीडित थिए । डेढ वर्षअघि केसीकी श्रीमतीको पनि निधन भएको थियो । केसीका एक छोरा र एक छोरी छन् ।

 

प्रतिक्रिया