मटिहानीमा खरानी बन्यो विपन्न समुदायको बस्ती


महोत्तरी – मटिहानी नगरपालिका(६ को जरलहवा गाछी गाउँमा आगोले विपन्न समुदायको सिंगो गाउँनै खरानी बनाएको छ ।

बुधबार १२ बजेबाटमुस्लिम बस्तीको मियाटोलबाट परालको कुन्युमा आगो सल्किएपछि मियाटोल र हत्ता टोलका १ सय १० घर पूर्ण रुपमा जलेर खरानी भएको मेयर हरिप्रसाद मण्डलले जानकारी दिए ।

आयो सल्किएको ७ घण्टापछि साँझ ७ बजे नियन्त्रणमा आएको नगरपालिकाले जनाएको छ । कपुरको बारुणयन्त्रसंगै नेपाली सेना, नेपाल प्रहरी, सस्शस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी र स्थानीयको प्रयासपछि आगो नियन्त्रणमा आएको मेयर मण्डलले बताए ।

आगो लागेको बस्तीमा पशु चौपायासंगै स्थानीयको धनमाल पूर्णरुपमा जलेको तर अहिले क्षतिको यकिन विवरण भने भन्न नसकिने महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

अग्नीपीडितलाई अब कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा रेडक्रससंगै विभिन्न निकायसँग समन्वय भइरहेकाले आवश्यक राहत सहित तत्काललाई विद्यालय र धर्मशालाहरुमा बस्ने व्यवस्था गरिने गेलालले बताए ।

 

प्रतिक्रिया