महोत्तरीमा भीषण आगलागी, सयौं घर जलेर नष्ट


महोत्तरी – महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । आगलागीका कारण सयौं घर जलेर नष्ट भएका छन् भने करोडौं रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

नगर प्रमुख हरिप्रसाद मण्डलका अनुसार झण्डै २ बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । नगर प्रमुख मण्डलले आफ्नो फेसबुकबाट आगलागी भएको जानकारी दिँदै सबैलाई सहयोगको लागि अपिल गरेका छन् ।

मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशका बारुणयन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी, प्रमुख जिल्ला अधिकारी सहायक, प्रमुख जिल्ला अधिकारीलगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुख र स्थानीयहरुद्वारा आगो नियन्त्रणमा लिने प्रयास गरेता पनि नियन्त्रणमा आउन सकेको छैन ।

प्रतिक्रिया