सिंहदरबारको गेटै अगाडि पुलिससँग धकेलाधकेल


काठमाडाैं- रुस-युक्रेन युद्धमा क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारहरुले बिहीबार सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका छन् ।

युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरुलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने लगाएतका माग राख्दै उनीहरुले सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए । उनीहरूले प्लेकार्ड बोकेर  नाराबाजी  गरेका थिए ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले हस्तक्षेप परेको थियो । केहीलाई पक्राउ गरेर प्रहरीले वृत्त सिंहदरबारमा राखेको  छ ।

प्रतिक्रिया