राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटेका छन् ।

प्रधानमन्त्री दाहाल बुधबार अपराह्न राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।

उक्त भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रतिक्रिया