सल्यानमा बस खस्याे, १४ जना घाइते


दाङ- दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।

बुधबार बिहान पौने ११ बजेतिर बागचौर नगरपालिका– २ सिङबाङस्थित पुलबाट बस खस्दा १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताए ।

उनका अनुसार घाइतेहरूमध्ये चारजनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य छ । घोराहीबाट रुकुम जाँदै गरेको रा१ख २०८५ नम्बरको बस अनियन्त्रित भएर पुलबाट खसेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया