परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुवेदी


काठमाडाैं- परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) को कार्यकारी निर्देशकमा प्रकाश कुमार सुवेदी नियुक्त भएका छन् ।

सुवेदीलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। तीन वर्षे कार्यकालका लागि सुवेदीलाई नियुक्त गरिएको हो ।

यसअघि परराष्ट्र मन्त्रालयद्वारा गठित सिफारिस समितिले सुवेदीलाई नियुक्तिका लागि सिफारिस गरेको थियो । सुवेदीले मंगलबार कार्यभार सम्हालेका छन् । निर्देशकमा नियुक्त भएका सुवेदी पूर्वराजदूत समेत हुन्। सुवेदी सन् २०१७ मा अस्ट्रियाको लागि राजदूत भएका थिए ।

 

प्रतिक्रिया