पाेखरा महानगरका इन्जिनियर शिवराज पक्राउ, घुस लिएकाे आरोप


पोखरा- पोखरा महानगरपालिकाको घुस प्रकरणमा थप एकजना इन्जिनियर पक्राउ परेका छन् । घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा घुस लिएको आरोपमा पोखरा महानगरका घर नक्सा शाखाका इन्जिनियर शिवराज बराललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो ।

गत चैत २८ गते घर निर्माणको घर नक्सा प्रमाणपत्र दिने क्रममा सब–इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले पक्राउ गरेको थियो । उनीहरु १ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए ।

सोही प्रकरणमा बराललाई पक्राउ गरी अख्तियारको केन्द्रीय कार्यालय टंगाल पठाइएको सूचना अधिकारी जगदिश शिवाकोटीले जानकारी दिएका छन् । उनीहरुले एउटै काममा पटक–पटक घुस लिएको खुलेको अख्तियारले जनाएको छ ।

 

प्रतिक्रिया