
आज काठमाडौंका यी स्थानम विजुली जाने
काठमाडौं- काठमाडौंको बालाजुलगायत विभिन्न क्षेत्रमा बुधबार बिहान ८ देखि दिउँसो २ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार)लाई नयाँ कन्डक्टरले बदली गरी मर्मत कार्य गर्न लागिएको हुँदा शनिबारसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो ।
सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोलमा विद्युत कटौती हुने प्राधिकरणले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
यस्तैगरी, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भन्याङ, ठुलो भर्याङ, कामना स्कूल र अन्नपूर्ण चोक क्षेत्र ढुंगेधारा, क्लब घर र बालाजु सब स्टेसन पछाडिको तरकारी बजारमा विद्युत अवरुद्ध हुनेछ ।



कागजपत्र |
