सहसचिव बरालले सम्हाले विमानस्थल भन्सार कार्यालय प्रमुखको जिम्मेवारी


काठमाडौँ – सहसचिव महेश बरालले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको जिम्मेवारी सम्हालेका छन् । बरालले आइतबारदेखि कार्यालय पुगेर पद सम्हालेका हुन् ।

अर्थ मन्त्रालयले बराललाई प्रमुख भन्सार प्रशासकका रूपमा खटाएको हो । यसअघि प्रमुख भन्सार प्रशासकमा सरुवा भएका सहसचिव सेवन्तक पोखरेल कार्यालयमा हाजिर हुन आनाकानी गरेपछि करिब २ महिनापछि कार्यालयले प्रमुख भन्सार प्रशासक पाएको हो । स्रोतका अनुसार पोखरेल करिब ३ दिन विमानस्थल भन्सार कार्यालयमा हाजिर भएका थिए ।

पोखरेल हाजिर हुन नगएपछि फागुन ६ देखि निरन्तर जसो भन्सार कार्यालय निमित्तकै भरमा चलेको थियो ।

प्रतिक्रिया