सहकारी ठगी प्रकरण : जीवी राईसहित २८ जनालाई प्रतिवादी बनाउँदै प्रहरी प्रतिवेदन पेश


काठमाडौँ – बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा २८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको छ ।

शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरीका अनुसार १ अर्ब २ करोड हिनामिना भएको पाइएपछि सोही अनुसारको बिगो मागदाबी गर्नुपर्ने रायसहित फाइल बुझाइएको हो ।

प्रतिवेदनमा जीवी (गितेन्द्रबाबु)राईसहित २८ जनालाई प्रतिवादी बनाउनुपर्ने प्रहरीले उल्लेख गरेको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा सहकारीका कोषाध्यक्ष दिपेश पुन, सुप्रिम सहकारीका अध्यक्ष ओमप्रसाद गुरुङ, दुर्गा चापागाईँ, दीपक न्यौपाने, नीता थापामगर, रोशनी गुरुङ, सागर केसीसहित २८ जनालाई प्रतिवादी बनाइएको छ ।

सहकारीले ठगी गरेको भन्दै १ हजार ८३१ जनाले प्रहरीमा जाहेरी दिएका छन् । प्रतिवादी बनाइएका मध्ये जीवीसहित पाँच जना फरार छन् ।

प्रतिक्रिया