वीरेन्द्रनगरकाे ज्वाला ट्रेडर्सको गोदाममा आगलागी


सुर्खेत- वीरेन्द्रनगर-६ मा रहेको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भएको छ ।

आइतबार दिउँसो  आगलागी भएको हो । अहिले आगो निभाउनका वीरेन्द्रनगर नगरपालिकाको दमकल परिचालित गरिएपनि आगो नियन्त्रणमा आएको छैन ।

सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया