ओलाङचुङगोला जाँदै एमाले अध्यक्ष ओली


काठमाडौं – पूर्व प्रधानमन्त्री एवं सत्तारुढ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज ताप्लेजुङको ओलाङचुङगोला जाने भएका छन् ।

एमाले ताप्लेजुङको पार्टी कार्यालयको भवन उद्घाटनको लागि अध्यक्ष ओली ताप्लेजुङ आज ताप्लेजुङ आउन लागेको नेकपा एमाले ताप्लेजुङका कार्यबाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिएका छन् । ओलीसँगै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेती पनि ताप्लेजुङ जाने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओलीको टोलीले निर्माणधीन तमोर करिडोरको सडकको समेत निरीक्षण गर्ने तालिका छ । ओली त्यसपछि ओलाङचुङगोला पुग्नेछन् । सामारीक महत्वको यस ठाउँमा उत्तरी सीमाना चीनको रिउबाट गोला जोड्ने मोटरबाटो आइपुगेको छ । तमोर करिडोर मार्फत् ओलाङचुङगोला जोडिएपछि यहाँका बासिन्दालाई ओहोरदोहोर गर्न सहज भएको छ ।

सदरमुकाम फुङलिङबाट ६५ किलोमिटरमा रहेको ओलाङचुङगोलामा साना सवारीको ओहोरदोहोर हुन थालेको छ । कोरोना महामारीपछि बन्द भएको चीनकोसँगका नाका खोल्न स्थानीयको माग छ । चीनले नाका बन्द गर्दा स्थानीय मारमा छन् । ओलीले त्यहाँको निरीक्षण गर्ने र नाका खोल्न पहल जनाइएको छ । ओली आजै ओली काठमाडौं फर्कने तालिका छ ।

प्रतिक्रिया