काठमाडौंकाे वायु धेरै खराब


काठमाडाैं- काठमाडौंको वायु प्रदूषण खराब स्थितिमा पुगेको छ । काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा छ । स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा छ ।

आईक्युएयरका अनुसार काठमाडाैंकाे वायु प्रदुषण स्तर १८४  एक्युआई यूएस रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार यस्तो सूचक १५० भन्दा माथि जानु स्वास्थ्यका लागि हानीकारक हो ।

पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई छन् । चौथोमा बंगलादेशको ढाका र पाँचौमा मलेसियाको क्वालालम्पुर रहेको छ ।

प्रतिक्रिया