


विद्युतको तार भूमिगत गर्दा फुट्यो मेलम्चीको पानीको पाइप

काठमाडौँ – काठमाडौँ महानगरपालिका २९ मैतीदेवीको कुमारी बैंक अगाडिको सडकखण्डमा रहेको मेलम्चीको पाइप फुटेको छ ।
शुक्रबार नेपाल विद्युत प्राधिकरण अन्तर्गतको विद्युतको तार भूमिगत गर्दा साढे ३ बजे पाइप फुटेको हो ।
विद्युतको तार भूमिगत गर्दा पाइप काटिएर पानी बाहिर बगेको छ । पानीका कारण वरपरका पसल र होटलमा सामान्य क्षति पुगेको छ । केही समय ट्राफिक आवागमनमासमेत अवरोध भएको थियो ।
पछिल्लो समय काठमाडौँ उपत्यकामा विद्युतको तार भूमिगत गर्ने क्रम जारी छ ।

