गण्डकीमा नयाँ सरकार गठनका लागि आव्हान


काठमाडौं- गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ दिनभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न चैत २७ गते दिउँसो ३ बजेसम्मको समयसीमा तोकेका हुन् ।

उनले दिएको समयभित्र कुनैपनि दलले बहुमत पेस गर्न नसके सोही धाराको उपधारा (३) अनुसार ठुलो दलको नेताको हैसियतमा पाण्डे नै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।

प्रतिक्रिया