

नक्कली भुटानी शरणार्थी प्रकरणः आजका लागि तोकिएको पेसी स्थगित

काठमाडौं – नक्काली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि तोकिएको पेसी आजका लागि स्थगित भएको छ ।
न्यायाधीशद्वय सुष्मालता माथेमा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिट निवेदन सुनुवाइका लागि पेसी तोकिए पनि निवेदनकको कानुन व्यवसायीले स्थगित गरेका छन् ।
काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका उनीहरुलाई उच्च अदालत पाटनले पनि पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो ।

