


२८ प्रतिशतले बढ्यो पर्यटक आगमन

काठमाडौं – पर्यटकीय सिजन शुरु भएसँगै नेपालमा पर्यटक आगमन २८ प्रतिशतले बढेको छ । सन् २०२४ को मार्चमा नेपालमा सवा लाख पर्यटक आएका छन् ।
अध्यागमन विभागको तथ्यांक अनुसार नेपालमा मार्च महिनामा १ लाख २८ हजार १६७ जना पर्यटक आएका छन । यो संख्या गत वर्ष सन् २०२३ को सोही अवधिको तुलनामा २८।९ प्रतिशत अर्थात २८ हजार ७३९ जनाले बढेको छ । गत वर्ष यही अवधिमा ९९ हजार ४२६ पर्यटक नेपाल आएका थिए ।
नेपालमा पर्वतीय पर्यटनको सिजन शुरु भएको छ । पर्वतारोहण, पदयात्रा तथा दृश्यावलोकनमा आउनेका लागि मार्च महिनादेखि नै पर्यटकीय सिजन शुरु भएकोले आगमन बढेको हो ।

