‘हवाई सुरक्षाको प्राविधिक क्षेत्रमा नेपालले अझै सुधार गर्न आवश्यक’


काठमाडौं – यूरोपेली संघ (ईयू) की एसिया र प्रशान्त क्षेत्रकी उपकार्यकारी निर्देशक पाओला पाम्पालोनीले नेपालले हवाई सुरक्षाको प्राविधिक क्षेत्रमा अझै सुधार गर्न आवश्यक रहेको बताएकी छन् ।

हरेक दुई वर्षमा हुने नेपाल–इयूको १५ औं संयुक्त आयोगको बैठकमा सहभागी हुन इयू टोलीको नेतृत्व गर्दै आएकी पाम्पालोनीले बुधबार सञ्चारकर्मीहरुसँगको संवादमा यस्तो बताएकी हुन् ।

उनले हवाई सुरक्षाको प्राविधिक क्षेत्रमा अझै सुधार गर्न ईयूले अझै सहयोग गर्ने पनि बताइन् । नेपालको नागरिक उड्डयन प्राधिकरणले नै हवाई उडान सञ्चालन र निगमन गरिरहेको छ ।

नेपालमा हवाई दुर्घटना बढिरहेको उल्लेख गर्दै इयूले सन् २०१३ को डिसेम्बरदेखि यूरोपको आकाशमा नेपाली जहाजलाई उड्न अनुमति दिएको छैन् । नेपाल–इयूको १५ औं संयुक्त आयोगको बैठक मंगलबार काठमाडौंमा भएको थियो ।

प्रतिक्रिया