

पोखराको काहुँ डाँडा दलित वस्ती नजिकै भीषण आगलागी

पोखरा – पोखराको काहुँ डाँडामा भिषण आगलागी भएको छ ।
पोखरा महानगरपालिका-११, काहुँ डाँडाको दलित वस्ती नजिकै सोमबार राति ९ बजेदेखि आगलागी भएको हो ।
दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय आगो नियन्त्रण गर्न आगलागी स्थलमा पुगेका छन् ।
आगो कसरी लाग्यो भन्ने विषयमा केही नखुलेको कास्की प्रहरीले जनाएको छ ।

