महरालाई थुनामा नलगिने, अस्पताल भर्ना गर्न अदालतको आदेश


काठमाडाैं- सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पतालमा राखिने भएको छ । उनलाई जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गर्दा अस्पताल राख्न आदेश गरेको स्रोतले बतायो ।

सोमबार बिहान पक्राउ परेका उनलाई सोमबारै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो । अदालतले उनलाई चार दिन हिरासतमा राख्न अनुमति पनि दिएको छ । हिरासतमा राख्न अनुमति दिएको अदालतले महरा बिरामी रहेको भन्दै अस्पताल भर्ना गर्नसमेत आदेश दिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता होबिन्द्र बोगटीले उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा राखिने बताए ।

प्रतिक्रिया