

गाडी व्यवस्था गरेर गृह मन्त्रालयले मिटरब्याज पीडितलाई घर पठायो

काठमाडौँ – पैसा नहुँदा घर फर्किन नपाएका मिटरब्याज पीडितलाई गृह मन्त्रालयले गाडीको व्यवस्था गरेर घर पठाएको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयका प्रमोद न्यौपानेका अनुसार, सहमतिपछि पनि घर फर्किन नपाएको थाहा पाएपछि गाडीको व्यवस्था गरेर घर फर्काइएको हो ।
काठमाडौँ प्रहरीका अनुसार मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार ट्राफिक प्रहरीसँग समन्वय गरेर पीडितलाई घर फर्काउन गाडीको व्यवस्था गरिएको थियो ।
त्यसअनुसार ६ वटा गाडीमा पूर्व र पश्चिमका पीडितलाई पठाइएको बताइएको छ । मन्त्रालयले मिटरब्याज पीडितसँग सोमबार चार बुँदे सहमति गरेको थियो । योसँगै ४२ दिनपछि मिटरब्याज पीडितको आन्दोलन टुङ्गिएको थियो ।

