


पर्यटन मन्त्रीको अगुवाइमा नेकपा एमालेको कार्यालय स्थापना

विराटनगर – नेकपा ओली समूहका कार्यकर्ताले विराटनगरमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् ।
सर्वोच्च अदालतको फैसलापछि उत्साहित बनेको उक्त समूहका कार्यकर्ताहरुले विराटनगरमा नेकपा एमालेको कार्यालय स्थापना गरेका हुन् ।
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँदाइदिएपछि सोमबार संस्कृति, पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बोर्ड हटाएर नेकपा एमालेको मोरङ जिल्ला कार्यालय लेखिएको बोर्ड राखेका हुन् ।
सर्वोच्चको फैसलापछि सोमबार मदन स्मृति भवनमा नेकपाको बोर्ड हटाएर एमाले बोर्ड राखिएको छ । पार्टी एकताअघि सो कार्यालय नेकपा एमालेको नै थियो ।

