जीबी राई मलेसियामा, रेड नोटिस जारी गर्ने तयारी


काठमाडौं- पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरण पछि फरार रहेका गितेन्द्रबाबु (जीबी) राई मलेसियामा रहेको पाइएकाे छ ।

प्रहरीको अन्तराष्ट्रिय अपराध संगठन (इन्टरपोल) मार्फत डिफ्युजन नोटिस जारी भएका राई राई भागेर मलेसिया पुगेको प्रहरी निष्कर्ष छ । राईले मलेसियामै अपार्टमेन्ट खरिद गरेर बसेको सूचना प्राप्त भएको छ ।

इन्टरपोल मलेसियाले जीबी राई मलेसियामै रहेको सूचना एनसीबी काठमाडौंलाई दिएको हो । यद्यपी पक्राउ गरेर नेपाल ल्याउन भने डिफ्र्युजन नोटिस प्रभावकारी नहुने भएकाले डिफ्युजन नोटिसलाई रेड नोटिसमा कन्भर्ट गर्ने तयारी प्रहरीले गरेको छ ।

जीबी राईसहित इन्टरपोलले सहकारी संचालक समितिका अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ । उनीहरु पनि हाल फरार छन् । उनीहरुबाहेक सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका १२ जनासमेत फरार छन् ।

पोखरा प्रहरीले सहकारी ठगी प्रकरणबारे गरेको अनुसन्धानका आधारमा १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको थियो ।

सहकारी ठगी प्रकरणमा हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिसमेत पुरक जाहेरी परेको छ ।

प्रतिक्रिया