


प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु हुँदै, यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजेलाई बोलाइएको छ ।
प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु हुन लागेको हो । हिउँदे अधिवेशन विधेयक अधिवेशनका रुपमा रहनेछ । यो अधिवेशनले प्रतिनिधिसभामा विचाराधीन विधेयकहरुलाई अघि बढाउन सक्छ ।
सत्तारुढ दलभित्रको विवादका कारण प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको छ ।
सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो ।सरकारको उक्त निर्णयलाई बदर गर्दै गत ११ गते सर्वोच्च अदालतले उक्त बैठक आह्वान गर्न आदेश गरेको थियो । सोही अनुरुप राष्ट्रपति विद्यादेवि भण्डारीले आज आइतबार अपराह्न ४ बजेका लागि बैठक आह्वान गरेकी छन् ।

