कलमा मोटर चलाएर पानी पिउने क्रममा करेन्ट लागेर किशोरको मृत्यु


काठमाडौं- सुनसरीको इटहरी उप–महानगरपालिका–१६ स्थितमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीय कलिन मियाँ छन् ।

बुधबार दिउँसो कलमा मोटर चलाई पानी खाने क्रममा अचानक करेन्ट लाग्दा कलिन घाइते भएका थिए  । उपचारका क्रममा सान्वी सिटी अस्पताल लविपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

प्रतिक्रिया