सन्दीपको पक्षमा नारा लगाउने २ जना पक्राउ


काठमाडौं- नेपाल र क्यानाडाबीचको पहिलो एकदिवसीय खेल भइरहँदा दर्शकले सन्दीप लामिछानेको पक्षमा हुटिङ गरेका छन् ।

क्रिकेटर लामिछानेको पक्षमा नारा लगाएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

कीर्तिपुरमा भइरहेको खेलमा नेपालले ब्याटिङ गरिरहँदा दर्शकले ब्यानर र नारा लगाएका थिए।

त्यसपछि प्रहरीले दर्शकलाई रोकेको थियो भने दुई जनालाई नियन्त्रणमा लिएको थियो।

‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ भन्दै दर्शक दिर्घाबाट हुटिङ भएपछि प्रहरीले हस्तक्षप गर्यो ।

दर्शकले बोकेका केही ब्यानर पनि प्रहरीले खोसेको छ । केहीबेर तनावको अवस्था सिर्जना भएको थियो ।

प्रतिक्रिया