


पूर्वराजा ज्ञानेन्द्रलाई हेटौंडामा अभिनन्दन

हेटौंडा- पूर्वराजा ज्ञानेन्द्र शाहलाई हेटौंडामा अभिनन्दन गरिएको छ । विभिन्न शक्तिपिठको दर्शन गर्ने क्रममा हेटौंडा पुगेका पूर्वराजा शाहलाई समर्थक तथा सुभेच्छुकहरुल ेस्वागत गरेका थिए ।
पूर्वराजा शाहले हेटौंडा उपमहानगरपालिकामा रहेको चुरियामाई मन्दिरको दर्शन गरेका छन् । त्यसपछि उनी गुम्वामा पूजा गर्न पुगेका छन् ।

