मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात


पोखरा- बागलुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ।  बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।

उनीमाथि हातपात गर्ने बागलुङकै  ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले मुक्का प्रहार गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया