गोकुल बास्कोटाले भने–काभ्रेका चमारसिंहसहित २ सय नेपाली ग्रिसमा अलपत्र परेको खबर छ


काठमाडौं- पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले दुईसय नेपाली ग्रिसमा अलपत्र परेको खबर आफूले पाएको बताएका छन् । काभ्रे घर भएका चमारसिंह तामाङसहित २ सय नेपाली ग्रिसमा अलपत्र परेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

बाँस्कोटाले उनीहरु कसको फन्दामा परेर ग्रिस पुगे भन्ने पत्ता लगाउन, दोषी कोही भए कारबाही गर्न माग गरेका छन् ।

उनले लेखेका छन्, ‘यी भाई लगायत करीब २०० जना कस्को फन्दामा परेर ग्रीसमा अलपत्र परेका छन। उनले ३०६९८ ७०८२१२२बाट उद्दारको लागि मलाई म्यासेज गरेका छन।पासपोर्ट समेत खोसिएको भनेका छन।म सरकारसंग उनीहरुको वास्तवीक अवस्था पत्ता लगाई उद्दार गर्न र दोषी कोही भए तीनीहरुलाई कारवाही गर्न माग र ध्यानाकर्षण गराउछु।’

अहिले ग्रिसमा अलपत्र परेका तामाङको भिसा यसअघि दुबई र टर्कीको लागेको पाइएको छ ।

प्रतिक्रिया